सेयर बजार बन्द गर्न नेप्से, ब्रोकर र लगानीकर्ताको माग, ढुंगानाले भने-‘सोचौँला’

Advertisement

काठमाडौँ । सेयर कारोबार बन्द गर्न नेप्से, ब्रोकर र लगानीकर्ताहरुले माग गरेका छन् । यी तीनवटै संस्थाका प्रतिनिधिहरु शेयर बजार बन्द गर्न माग गर्दै आज नेपाल धितोपत्र बोर्ड पुगेका थिए ।

उनीहरुले बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना समक्ष कोराना भाइरसको कारण तत्कालको लागि सेयर कारोबार बन्द गर्न सुझाव दिएका थिए । बोर्डका प्रवक्ता निरज गिरीका अनुसार सबै सरोकारवालाबाट सेयर कारोबार बन्द गर्ने सुझाव आएको र अर्थमन्त्रालयसँगको राय पछि मात्र यस बारेमा ठोस निर्णय लिन सकिने बताए ।

कोरोना भाइरसको प्रभाव विश्वव्यापी भइरहँदा शेयर बजारमा पनि प्रभाव परिरहेको छ । यसैक्रममा साताको पहिलो दिन आइबार ६४.१४ अंकले घटेको सेयर बजारमा सोमबार भने ३.३५ अंकको झिनो सुधार देखिएको थियो । साताको तेश्रो दिन पुनः ४४.३३ अंकले गिरावट आएको शेयर बजार हिजो बुधबार पनि १६.२६ अंकले घटेको थियो ।

कोरोना भाइरसको संक्रमण हुनबाट जोगिन हिजोमात्रै सरकारले अन्त्य आवश्यक काम बाहेक घर बाहिर ननस्किन अनुरोध गरेको छ । सिनेमा हल, रंगशाखा, डान्स बार बन्द गर्ने निर्णयका साथै एसईई र त्रिभुवन विश्व विद्यालयका सम्पूर्ण परीक्षा स्थगित गर्न र शैक्षिक संस्था चैत मसान्तसम्म बन्द गर्न अनुरोध गरिसकेको छ ।

Advertisement

Advertisement

Advertisement