त्रिवि अन्तरगतका सबै परीक्षा स्थगित गर्ने निर्णय

Advertisement

काठमाडौँ । त्रिभुवन विश्व विद्यालय अन्तरगतका शैक्षिक संस्थाहरुको पठनपाठन र परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

त्रिवि कार्यकारी परिषदको आज सम्पन्न बैठकले पठनपाठन र परीक्षा स्थगित गर्ने निर्णय गरेको व्यवस्थापन संकायका डीन प्राडा डिल्लीराज शर्माले जनाएका छन् ।

कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिएको कुरालाई ध्यानमा राखी नेपाल सरकारले सम्पूर्ण शैक्षिक संस्थाहरुको पठनपाठन तथा परीक्षा स्थगित गर्ने निर्णय हिजो साँझ नै गरेको थियो ।

सोही अनुसार आजदेखि सञ्चालन हुने भनिएको एईई परीक्षा रोकिएको छ ।

Advertisement

Advertisement

Advertisement