साताको अन्तिम दिन सम्हालियो शेयर बजार, १३.५० अंकले बढ्दा १ अर्ब ९० करोडको कारोबार

Advertisement

काठमाडौँ । साताको अन्तिम दिन आज शेयर बजार १३.५० अंकले बढेको छ । १.०८ प्रतिशतले बढ्दा नेप्से परिसूचक १२६९.३० अंकमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज १७३ कम्पनीका ५१ लाख ६ हजार ६ सय ८१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९० करोड ३१ लाख ४२ हजार ८ रुपियाँ बराबरको कारोबार भएको छ ।

आज बैंकिङ, जलविद्युत, निर्जीवन बीमा, अन्य, जीवन बीमा र म्युचुअल फण्ड बढेका छन् भने ट्रेडिङ, होटल, विकास बैंक, वित्त र उत्पादनमूलक समूह भने घटेका छन् ।

कोरोनाको विश्वव्यापारी असरको प्रभाव शेयर बजारमा पनि परेको छ । यसैक्रममा साताको पहिलो दिन आइबार ६४.१४ अंकले घटेको सेयर बजारमा सोमबार भने ३.३५ अंकको झिनो सुधार देखिएको थियो । साताको तेश्रो दिन मंगलबार पुनः ४४.३३ अंकले गिरावट आएको शेयर बजार हिजो बुधबार पनि १६.२६ अंकले घटेको थियो ।

Advertisement

Advertisement

Advertisement