शुक्रबारदेखि सरकारले ८ ठाउँबाट नुन, तेल, चामल र ग्यास बेच्ने

Advertisement

काठमाडौं । सरकारले शुक्रबारदेखि नुन, तेल, चामल र ग्यास लगायतका अत्यावश्यक सामग्री बेच्ने भएको छ । सरकारले साल्ड ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्फत उपत्यका र आसपासका ८ ठाउँबाट नुन, तेल, चामल र ग्यास लगायतका समान बेच्न लागेको हो । यी पसलहरुबाट नागरिकले सुपथ मूल्यमा खरिद गर्न पाउनेछन् ।

सरकारले कालीमाटी, कोटेश्वर, सतुंगल, बालाजु चावहिल, भक्तपुर र बनेपामा सुपथ मूल्य पसल मार्फत अत्यावश्यक सामग्री सहज रुपमा उपलब्ध गराउन लागेको हो । जावलाखेलमा पनि ललितपुर महानगरपालिकासँग मिलेर त्यस्तो पसल सञ्चालन हुनेछ । यी पसलहबाट सरकारले बजार मूल्य भन्दा सस्तो भाउमा अत्यावश्यक सामग्री उपलब्ध गराउनेछ ।

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टका अनुसार देशभा ६ महिनाका लागि आवश्यक खाद्यान्न रहेको छ भने ८ महिनाका लागि पुग्ने औषधी रहेको र औषधीका लागि आवश्यक कच्चा पदार्थ पनि ६ महिनाका लागि मौज्दात रहेको छ । १० महिनाका लागि पुग्ने नुन रहेकाले पनि उपभोक्ता आत्तिनु नपर्ने उनले बताए । ३ महिनाका लागि पुग्ने चीनी सरकारसँग नै रहेको पनि उनले दावी गरे ।

Advertisement

Advertisement

Advertisement