'कोरोनोको उपचार गर्न औषधी, अस्पताल र बिशेषज्ञ तयारी अवस्थामा छन्'

Advertisement

काठमाडौं । सरकारले कोरोनाको संक्रमण देखिएमा उपचारका लागि औषधी, अस्पताल र बिशेषज्ञहरुको टोली तयारी अवस्थामा रहेको बताएको छ ।

सरकारले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका सञ्चार तथा सूचना प्रबिधि मन्त्री डा. युवराज खतिवडाले कोरोनाको सम्भावित संक्रमणसँग जुध्न सरकार पुरै तयारी अवस्थामा रहेको बताए । यसैबीच सरकारले कोरोना संक्रमित फेला परेमा उपचारको सम्पूर्ण जिम्मेवारी लिने घोषणा पनि गरिसकेको छ ।

पत्रकार सम्मेलनमा मन्त्री डा. खतिवडाले भने
आइसीयु बेड, स्वास्थ्य कर्मीलाई चाहिने उपकरण, उपचार गर्नुपर्ने अवस्था आएमा औषधीको व्यवस्था र क्वारेन्टाइनमा राख्नुपर्ने भएमा आइसोलेटेड वार्डहरु सबैको व्यवस्था गर्दैछौं ।
त्यसका लागि सरकारी, सामुदायिक र निजी क्षेत्रका अस्पतालहरु, सुरक्षाकर्मीका अस्पताल समेतलाई तयारी अवस्थामा राखिएको छ ।

प्रदेश र स्थानीय तहका स्वास्थ्य सेवा प्रदायक संस्थाहरुलाई समेत परिचालन गरिने तयारी भएको छ । गैर सरकारी क्षेत्र र निजी क्षेत्रका चिकित्सक र स्वास्थ्य कर्मीहरुलाई समेत स्वयं सेवकका रुपमा परिचालित हुन अनुरोध गरेका छौं ।

हामीले बेडहरु, औषधीहरु, उपकरणहरु र बिशेषज्ञहरु तयारी अवस्थामा राखेका छौं । छिमेकी मुलुकहरुले सहयोग गर्छाै भनेका छन् । दातृ निकायहरुले पनि नेपाललाई सहयोग गर्छाै भनेका छन् । त्यसकै आधारमा अहिले हामी उपकरणहरु प्राप्त गर्ने चरणमा पनि छौं ।

Advertisement

Advertisement

Advertisement