नेपाल-भारत सिमा जोडिएकै प्रदेशमा आईपुग्यो कोरोना संक्रमण

Advertisement

काठमाडौं । नेपालसँग सिमा जोडिएका भारतीय प्रदेशहरुमा कोरोनाको संक्रमण देखा परेको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार नेपालसँग सिमा जोडिएका उत्तर प्रदेश, उत्तराखण्ड र वेष्ट बंगालसम्म कोरोना संक्रमण फैलिसकेको छ ।

ति शहरहरुबाट नेपालमा हुने प्रवेशमा नेपाल सरकारले पनि कडाई गरिसकेको छ । सरकारले नेपाल भारत सिमाका अधिकांश सिमा नाका बन्द गरिसकेको छ भने खुला रहेका सिमा नाकाहरुबाट पनि माल वस्तु ढुवानी मात्रै गरिरहेको बताउँदै आएको छ ।

हालसम्म भारतका २० प्रदेशमा कोरोना संक्रमण देखिएको छ भने ४ जनाले ज्यान गुमाएका छन् । दिल्ली, कर्नाटक, महाराष्ट्र र पञ्जावमा एक एक जनाको मृत्यु भएको हो ।

भारतमा कुल संक्रमितको संख्या १९५ जना पुगेको छ । जसमा भारतीयको संख्या १६३ छ भने ३२ जना विदेशी नागरिक छन् । नेपालसँग सिमा जोडिएको उत्तर प्रदेशमा १८ जना, उत्तराखण्डमा एक र बेष्ट बंगालमा एक जना भारतीयमा कोरोना संक्रमण देखिएको हो ।

Advertisement

Advertisement

Advertisement