इसेवाबाट कुनैपनि बैंकमा रकम पठाउँदा शुल्क नलाग्ने, ग्राहकलाई थप सहज हुने

Advertisement

काठमाडौँ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार इसेवाबाट आफ्नो बैंक खातामा रकम पठाउँदा शुल्क नलाग्ने भएको छ ।

इसेवाले बिहीबार रातीदेखि अप्रिल ३० सम्मका लागी लागु हुनेगरी बैंकमा रकम ट्रान्सफर गर्दा शुल्क नलाग्ने जनाएको हो । इसेवामार्फत इसेवा खातामै (पि टु पी ट्रान्सफर ) गर्दा यस अघि नै निःशुल्क सेवा रहेकोमा अब बैंक ट्रान्स्फर पनि निःशुल्क बनाइएको हो ।

इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने–‘अहिलेको अवस्थामा बैंकहरुसँगको सहकार्यमा बैंक ट्रान्सफरलाई निःशुल्क बनाएका छौँ । यसले ग्राहकलाई थप सहज हुने र सेवा सर्वसुलभ हुने अपेक्षा गरेका छौँ ।’

इसेवाले ग्राहकका लागी अन्य सहुलियतका कार्यक्रम समेत ल्याउने जनाएको छ । इसेवामार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको शुल्कलगायतकादुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

Advertisement

Advertisement

Advertisement