जिल्ला प्रशासन कार्यालयका खरिदारलाई ६ लाखको भ्रष्टाचार मुद्दा, जन्म मिति सच्याउन लिए घुस

Advertisement

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, मोरङका खरिदार टेकबहादुर श्रेष्ठसमेत २ जना बिरुद्ध उपर ६ लाख रुपियाँको भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो ।

बेलबारी नगरपालिका वडा नम्बर २ को कार्यालय बाहिर लेखापढी व्यवसाय गर्ने तिर्थराज गिरीले सेवाग्राहीको नागरिकता प्रमाण पत्रमा भारतीय सेनामा कार्यरत रहेको कागजात अनुसार नाम र जन्म मिति सच्याउन जिल्ला प्रशासन कार्यालयमा खर्च लाग्छ भनी जिल्ला प्रशासन कार्यालय, मोरङका खरिदार टेकबहादुर श्रेष्ठसँग मिलेमतो गरी सेवाग्राहीसँग ६ लाख घुस लिएको पुष्टी भएपछि मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

यसैगरी उच्च सरकारी वकिल कार्यालय, बुटवलका कार्यालय सहयोगी महेन्द्र यादव विरुद्ध आजनै विशेष अदालत काठमाडौँमा १५ हजार रपियाँको भ्रष्टाचार मुद्दा दर्ता भएको छ । आयोगका प्रवक्ता कोइरालाका अनुसार यादवलाई ठगी सम्बन्धी मुद्दाको बन्दी प्रत्यक्षिकरणमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग पन्ध्र हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

Advertisement

Advertisement

Advertisement