सरकारको निर्देशन अटेर गर्दै प्रवेश परीक्षा लिने सेन्ट जेभियर्सलाई कारवाहीको चेतावनी

Advertisement

काठमाडौं । सरकारको निर्देशन अटेर गर्दै कक्षा १ का लागि प्रवेश परीक्षा लिने सेन्ट जेभियर्स स्कुललाई परीक्षाको नजिता रोक्न निर्देशन दिएको छ । कोरोना भाइरस संक्रमण जोखिम बढेकाले सरकारले मुलुकभरका सबै शैक्षिक गतिविधि रोक्ने निर्णय गरेकोमा सेन्ट जेभियर्सले अटेर गर्दै परीक्षा लिएपछि उसलाई नजिता सार्वजनिक नगर्न निर्देशन दिइएको हो ।

निर्देशन अटेर गरेमा उक्त स्कुललाई कडा कारवाही गरिने ललितपुरको शिक्षा विकास समन्वय इकाइले जनाएको छ । उक्त इकाईका प्रमुख योगेन्द्र बरालका अनुसार नतिजा रोक्न सेन्ट जेभियर्सलाई निर्देशन दिइसकेको छ । निर्देशनको अवज्ञा गर्दै काम गरे कानुनी कारबाही गरिने छ । सरकारले २५ जना भन्दा बढी भेला नहुन र अत्यावश्यक काममा मात्रै बाहिर निस्कन दिएको छ ।

Advertisement

Advertisement

Advertisement