चैत ९ देखि २१ गतेसम्म सबै कार्यालय बन्द

Advertisement

काठमाडौं । सरकारले चैत ९ गतेदेखि २१ गतेसम्म सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै अत्यावश्यक सेवा प्रदान गर्ने बाहेकका सबै कार्यालयहरु चैत ९ देखि २१ गतेसम्म बन्द गरिएको घोषणा गरेका हुन् । सरकारले स्थानीय तह, प्रदेश र केन्द्र सरकार मातहत तथा निजी क्षेत्रका अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेक सबै कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।
सम्भावित कोरोना भाइरसको संक्रमणबाट नागरिकलाई जोगाउन यस्तो निर्णय गरिएको प्रधानमन्त्री केपी ओलीले बताएका छन् ।

Advertisement

Advertisement

Advertisement