कोरोनाबाट बच्नः अन्तराष्ट्रिय उडान, सार्वजनिक यातायात र सबै कार्यालय बन्द

Advertisement

काठमाडौं । सरकारले कोरोना भाइरसको सभ्मावित जोखिमलाई मध्यजनजर गर्दै सबै अन्तराष्ट्रिय उडान, लामो दुरीका सार्वजनिक यातायात र निजी तथा सरकारी कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै हवाई उडान चैत ९ देखि १८ गतेसम्म बन्द गरिएको घोषणा गरे । त्यस्तै, अत्यावश्यक बाहेकका सबै निजी तथा सरकारी कार्यालयहरु चैत ९ देखि २१ गतेसम्म बन्द गरिएको छ ।

त्यस्तै, चैत १० गतेदेखि अनिश्चित कालसम्मका लागि लामो दुरीका सबै सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ । त्यस्तै, सिमा नाकाहरुमा अत्याधुनिक स्वास्थ्य जाँचको टोलीसहित आवगमनको व्यवस्था गरिएको पनि सरकारले बताएको छ । कोरोना भाइरसको सभ्मावित जोखिमलाई मध्यनजर गर्दै सरकारले यस्तो निर्णय गरेको हो ।

Advertisement

Advertisement

Advertisement