संगठित भए पूर्व अर्थमन्त्रीहरु, अर्थतन्त्रका लागि राहत प्याकेज माग

Advertisement

काठमाडौं ।  पूर्व अर्थमन्त्रीहरु संगठित भएका छन् । नेपाल उद्योग बाणिज्य महासंघको बिशेष पहलमा पूर्व अर्थमन्त्री विचार मञ्च नामको संगठन जन्मिएको हो ।

संगठनमा पूर्व अर्थमन्त्रीहरु डा. प्रकाशचन्द्र लोहनी, डा. रामशरण महत, सुरेन्द्र पाण्डे, वर्षमान पुन, ज्ञानेन्द्र बहादुर कार्की सहभागी छन् । मञ्चमा पूर्व प्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराई, बिष्णु पौडेल र महेश आचार्यले समेत सहभागी हुने प्रतिवद्धता जनाएका छन् ।

मञ्चले मुलुकको आर्थिक अवस्था र भावी योजना तथा विश्व अर्थतन्त्रका विविध आयामबारे छलफल गर्नेेछ । साथै, सरकारलाई आर्थिक नीति निर्माणमा समेत आवश्यकता अनुसार परामर्श दिनेछ ।

पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले मंचको स्थापनासँगै पहिलो बैठकले सरकारसंग कोरोना भाइरसलार्इ नियंत्रण गर्न प्रभावकारी कार्यक्रम संचालन गर्न र यसवाट उत्पन्न हुने आर्थिक संकटबाट जोगाउन राहत प्याकेज घोषणा गर्न अनुरोध गर्ने निर्णय भएको जानकारी दिए ।

पूर्व अर्थमन्त्रीहरुको संगठन निर्माणमा महासंघ अध्यक्ष भवानी राणा, बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरु चन्द्र ढकाल, किशोर प्रधान लगायत उपस्थित थिए ।

Advertisement

Advertisement

Advertisement