‘बैंक र बीमा कम्पनीका कार्यालयहरु बन्द हुँदैनन्’

Advertisement

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै चालेको कदमबाट बैंक तथा वित्तिय संस्था र बीमा कम्पनीका कार्यालयहरु भने बन्द हुने छैनन् ।
अत्यावश्वक सेवामा पर्ने भएकाले बैंक र बीमा कम्पनीका कार्यालयहरु भने खुल्लै रहने भएका हुन् ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीका सेवाहरु सुचारु भैरहने बताए । ‘बीमा सेवा अत्यावश्यक सेवामै पर्छ, त्यसकारण सबै बीमा कम्पनीहरुले आफ्ना कार्यालय खुला गर्नुपर्छ, हामी आइतबार सबैलाई पत्र पठाउँछौं’, बीमा समितिका कार्यकारी निर्देशक पौडेलले कर्पाेरेट नेपालसँग भने ।

त्यस्तै, नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पनि बैंकिङ सेवा बन्द नहुने स्पष्ट पारे । ‘यो अत्यावश्यक सेवा हो, त्यसकारण बैंक तथा वित्तिय संस्थाहरुले निर्वाध रुपमा सेवा जारी राख्नुपर्छ’, राष्ट्र बैंकका प्रवक्ता डा. भट्टले कर्पाेरेट नेपालसँग भने ।

उनले कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै भिडभाड हुन नदिनका लागि बैंकहरुले थोरै कर्मचारी खटाउने र डिजिटल कारोबारलाई प्रोत्साहन गर्न सक्ने सुबिधा भने पाउनेछन् ।
त्यसका लागि राष्ट्र बैंकले बैंकर्स संघ, डेभलपमेन्ट बैंकसं संघ, वित्ति कम्पनी एसोसियसनलाई आइतबार छलफलका लागि बोलाएको पनि उनले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement