फिनल्याण्ड विश्वकै खुशी मुलुक, दुःखीमा अफगानिस्तान

Advertisement

हेलसिन्की । विश्वभर कोरोनाभाइरसको सन्त्रास फैलिइरहेका समय संयुक्त राष्ट्रसंघका विज्ञहरूले शुक्रबार फिनल्याण्डलाई लगातार तेस्रो वर्ष विश्वको सबैभन्दा खुशी राष्ट्र घोषणा गरेका छन्।

‘वर्ड ह्यापीनेस रिपोर्ट’का लागि अनुसन्धानकर्ताहरूले १५६ मुलुकका जनतालाई सोधिएको प्रश्न र उनीहरूले दिएका प्रतिक्रियाको आधारमा गरिएको मूल्याङ्कनका आधारमा फिनल्याण्डलाई विश्वको सबैभन्दा खुशी मुलुक घोषणा गरेका बताइएको छ।

अनुसन्धानका लागि विज्ञहरूले हरेक मुलुकको कूल ग्राहस्थ उत्पादन, सामाजिक सहयोग, व्यैयक्तिक स्वतन्त्रता र भ्रष्टाचारको तहलाई आधार बनाएर खुशीयाली मुलुकको अङ्क दिइएको बताएका छन्।

हरेक सात रिपोर्टमा स्वीट्जरल्याण्ड, न्यूजिल्याण्ड अष्ट्रियालगायतका स्कान्डिनाभियाली मुलुकहरू अग्र दश स्थानमा पर्न सफल भएका थिए। विश्वका दश खुशी मुलुकभित्र लक्जेमवर्ग पनि पर्न नसकेको विज्ञहरूले बताएका छन्।

ुखुशी राष्ट्रहरूका लागि सम्पत्तीको चेत, आपसी आनन्द र विश्वासको भावना, सहकारीता तथा साझा संस्थान तथा दायित्वका बिषयलाई गहन अध्ययन गरिएको थियो,ु अनुसन्धान रिपोर्ट तयार गर्नेमध्येका एक विज्ञ जोन हेलिवेलले विज्ञको तर्फबाट जारी गरेको विज्ञप्तिमा भनेका छन् ।

यसैबीच, यो सूचीको अन्त्यमा हिंसात्मक द्वन्द्वको सामना गरिरहेका र अत्यन्त गरिबीको रेखामूनि रहेका जिम्वाब्वे, दक्षिण सुडान र अफगानिस्तानजस्ता मुलुकहरू रहेका थिए।

सूचीमा अस्ट्रेलिया एघारौँ स्थानमा रहेको छ भने कोस्टारिका बाह्रौँ, इजरायल तह्रौँ, लक्जेम्वर्ग चौधौँ र बेलायत पन्ध्रौँ नम्बरमा रहेका छन्। त्यस्तै जर्मनी सत्रौँ, अमेरिका अन्नाइसौँ, फ्रान्स चौबिसौँ, सिङ्गापुर चौतिसौँ, जापान अन्ठाउन्नौँ, पाकिस्तान सतसट्ठीऔँ, रूस अठसट्ठीऔँ, चीन त्रियानब्वेऔँ स्थानमा रहेका छन्।

त्यसैगरी नेपाल दक्षिण एशियाली मुलुकमध्ये पाकिस्तानपछि अग्रस्थानमा अर्थात् सयौँ स्थानमा परेको छ भने बङ्गलादेश १२५औँ, श्रीलङ्का १३०औँ, भारत १४०औँ स्थानमा रहेका छन्।

अन्तिम तीन स्थानमा क्रमशः अफगानिस्तान, मध्य अफ्रिकी गणतन्त्र र दक्षिण सुडान रहेका छन्।

Advertisement

Advertisement

Advertisement