एनसेलले ल्यायो‘नाइट कल र एसएमएस प्याक’

Advertisement

काठमाडौं । एनसेलले आफ्ना सबै प्रिपेड ग्राहकहरुले अब सुलभ दरमा भ्वाइस तथा एसएमएस सेवाबाट फाइदा लिन सक्ने जनाएको छ । एनसेल प्राईभेट लिमिटेडले रु १० (करसहित रु १२.७७) मा भ्वाइस र एसएमएस सेवा बन्डलिङ गरिएको ‘नाइट कल र एसएमएस प्याक’ योजना ल्याएको हो ।

यो प्याक सुचारु गर्ने ग्राकहले ४८० मिनेट टक टाइम र ४८० वटा एसएमएस पाउँछन् । बिहीबार (चैत्र ६) बाट ९० दिनका लागि संचालनमा आएको यो प्याकअन्तर्गत पाईने टक टाइम र एसएमएस एनसेल नेटवर्कमा राति १० देखि बिहान ६ बजेसम्मको समयमा प्रयोग गर्न सकिन्छ र यसको समयावधि २४ घण्टाको हुन्छ ।

ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स३एस्ट्रिक्स२ह्यास डायलगरी वा एस्ट्रिक्स१७११८ह्यास डायलगरी तेस्रो विकल्प छानेर यो प्याक सुचारु गर्न सक्छन् । साथै अंग्रजीमा एनयु टाइप गरी १७११८ मा एसएमएस पठाई पनि यो प्याक लिन सक्छन । आफ्नो आवश्यकताअनुसार ग्राहकले यो प्याक जति पटक पनि खरिद गर्न सक्ने जनाइएको छ ।

यस प्याकअन्तर्गत उपलब्ध हुने टक टाइम र एसएमएस खपत गरी सकेपछि विद्यमान दरमा यी सेवाहरु प्रयोग गर्न सक्नेछन् । सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्घताअनुरुप भ्वाइस र एसएमएस बन्डलिङ सहितको यो आकर्षक प्याक ल्याएको एनसेलको भनाई छ ।

एनसेलले गत पुष १६ देखि भ्वाइस प्याकको खरिदमा निःशुल्क नाइट एसएमएस पनि दिँदै आएको छ । यो योजनाअन्तर्गत ग्राहकले भ्वाइस प्याकको टक टाइम भोलुम बराबरको अन नेट नाइट एसएमएस पाउँदै आएका छन् ।

Advertisement

Advertisement

Advertisement