हवाई भाडादर पुनर्विचार गर्ने सहमति

Advertisement

काठमाडौ । वायु सेवा सञ्चालकहरुले हवाई भाडादरमा पुनर्विचार गर्ने सहमति गरेका छन् । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रि योगेश भट्टराईसँगको छलफलमा आन्तरिक वायु सेवा सञ्चालकहरुले हवाई भाडामा पुनर्विचार गर्ने सहमति गरेका हुन् ।

हवाई सेवा प्रदायक संस्थाहरुले हालको विषम परिस्थितिलाई ध्यानमा राखेर आन्तरीक ट्रङ्क रुटमा लिदै आएको अधिकतम सीमाका २ वटा स्ल्याबका हवाई भाडा हटाई सो भन्दा कमको भाडा दरलाई अधिकतम सीमा कायम गर्न सहमति गरेका हुन् । त्यस्तै, न्यूनतम सीमामा रहेका अन्य भाडा दरलाई समेत यथावत कायम गर्न मन्त्री भट्टराईले गरेको अनुरोधमा उनीहरुले सकारात्मक प्रतिक्रिया दिएका हुन् ।

Advertisement

Advertisement

Advertisement