स्थानीय सरकारले भन्योः कोरोनाको जोखिम बढ्यो गड्डाचौकी नाका बन्द गरौं

Advertisement

कञ्चनपुर । भीमदत्त नगरपालिकाले कोरोना सङ्क्रमण (कोभिड १९) को जोखिमलाई दृष्टिगत गर्दै पश्चिमी सीमा नाका गड्डाचौकीलाई केही दिन बन्द गर्न संघ सरकारसित अनुरोध गरेको छ । नगर कार्यपालिकाको शनिबार बसेको ४४औँ कार्यपालिकाको आकस्मिक बैठकले गड्डाचौकी नाकाबाट फर्किनेको अत्यधिक बढेकाले केही दिनका लागि नाका बन्द गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।

कार्यपालिका बैठकमा भीमदत्त नगरपालिकाअन्तर्गत सबै अत्यावश्यक सेवा उपलब्ध गराउनेबाहेक सबै कार्यालय बन्द गर्ने निर्णयसमेत गरिएको छ । यसैगरी बैठकले कोरोना रोकथामका लागि स्वंय सेवक परिचालन, कोरोनाविरुद्ध खटिएका स्वास्थ्यकर्मीलाई सहुलियत दिने, ५० श्ययाको प्री फ्याब आइसोलेशन कक्ष स्थापनाका लागि प्रदेश सरकारलाई अनुरोध गर्ने लगायतका निर्णय गरेको छ । नगरपालिकाले कोरोना सङ्क्रमणबाट जोगिन सुरक्षाका उपायहरु अपनाउन र अत्यावश्यक कामबाहेक अरू समयमा घरबाहिर ननिस्कनु सबै नगरवासीलाई आग्रह गरेको छ ।

नगर कार्यपालिकाका नगर प्रवक्ता हिमालबहादुर चन्दले कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको कार्यपालिकाको आकस्मिक बैठक बसेर नाका बन्द गर्न सङ्घ सरकारलाई अनुरोध गर्ने लगायतका निर्णय गरिएको जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement