काठमाडौंमा आइतबारबाट ग्यासको 'रिटेल काउन्टर' सञ्चालन, २२ स्थानबाट बिक्री गरिने

Advertisement

काठमाडौं । नेपाल आयल निगमले राजधानीका विभिन्न स्थानमा ग्यासको रिटेल काउन्टर सञ्चालन गर्न ग्यास उद्योगीहरुलाई अनुमति दिएको छ । ग्यासको आपूर्ति सहज गर्न भन्दै निगमले नेपाल ग्यास उद्योग संघलाई काठमाडौं उपत्यकाभित्र २२ स्थानमा यस्ता काउन्टर सञ्चालन गर्न अनुमति दिएको हो ।

निगम र ग्यास उद्योग संघबीच शनिबार यस्ता रिटेल काउन्टर सञ्चालन गर्नेबारे छलफल भएको थियो । छलफलपछि ग्यास नपाएर समस्यामा परेका उपभोक्तालाई यस्ता काउन्टरहरुबाट ग्यास बिक्री गर्न सकिने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।

छलफलका आधारमा संघले विज्ञप्ति निकाल्दै काठमाडौंमा विभिन्न विक्रेताहरुमार्फत ग्यास बिक्री गर्न लागेको जनाएको छ । जसअनुसार नेपाल ग्यासले बालाजु, अनामनगर र सातदोबाटो, सागर ग्यासले जडिबुटी, एसटीसीले साल्ट ट्रेडिङ कालीमाटी र जडिबुटी, ओम ग्यासले थली र नैकाप, बाबा, श्री, लुम्बनीले कपन धुम्बाराही, सिद्धार्थले इमाडोल, श्रीमायाले सतुंगल, लोकप्रियले नैकाप, राजधानी ग्यासले सितापाइला, सुर्य ग्यासले जगाती, गीता ग्यासले धुम्बाराही, हिमालले भगवती बहाल, नमस्ते ग्यासले कागेश्वर मनहरा, भानु ग्यासले गोंगबु, एभरेष्टले सिफल, श्रीराम ग्यासले ललितपुरबाट ग्यास बिक्री गर्नेछन् । ‘अधिकांश ग्यास कम्पनीले आफूले छनोट गरेका डिलरमार्फत् ग्यास बिक्री गर्नेछन् ।

Advertisement

Advertisement

Advertisement