काठमाडौँ महानगरपालिकाले वडा कार्यालयबाट निःशुल्क मास्क वितरण गर्ने

Advertisement

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस नियन्त्रणका लागि ३२ वटै वडामा एक हजार थानका दरले मास्क र आधा लिटरका दुई थानका दरले स्यानिटाइजर पठाएको छ । विश्वभर फैलिएको कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि बिहीबार बसेको आकस्मिक कार्यपालिका बैठकको निर्णयअनुसार उक्त सामग्री वडामा पठाइएको हो ।

उक्त सामग्री वडामा गठन गरिएका विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समितिमार्फत वितरण गरिने कामपाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिए । हरेक वडासहित वातावरण व्यवस्थापन विभागका लागि तीन हजार थान मास्क पठाइएको महानगरको शहरी स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रविलाश बज्राचार्यले बताए ।

महाशाखाले शहरी स्वास्थ्य क्लिनिकका अतिरिक्त अन्य विभिन्न २१ स्थानमा स्वास्थ्य सहायता कक्ष सञ्चालनको तयारी गरेको छ । स्वास्थ्य सहायता कक्षमा मास्क, स्यानिटाइजर, प्रचार सामग्री, थर्मल गनसहित राखिनेछ । कामपाले शुक्रबारदेखि राष्ट्रियसभा गृहबाट स्वास्थ्य सहायता कक्ष सञ्चालन कार्य शुरु गरिसकेको छ । वडावासीले सम्बन्धित वडा कार्यालयबाट निःशुल्क मास्क प्राप्त गर्न सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement