समयमा काम नसक्ने यी ५६ निर्माण व्यवसायीसँग सडक डिभिजनले तोड्दैछ ठेक्का(नामावलीसहित)

Advertisement

काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौंडाले सम्झौता गरेको समयमा काम सम्पन्न नगर्ने विभिन्न ५६ वटा निर्माण कम्पनीसँगको ठेक्का रद्द गर्ने भएको छ ।

सडक डिभिजन कार्यालयले समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीहरुका लागि सूचना प्रकाशित गरी ७ दिन भित्र हालसम्म के कति कारणले ठेक्का सम्पन्न नभएको हो ? सो को पुस्ट्याईसहित कार्यालयमा निवेदन पेश गर्न अन्तिम पटकको लागि मौका दिइएको उल्लेख गरेको छ ।

‘अन्तिम पटकको सूचनालाई वेवास्ता गरे सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९(२) क तथा दफा ७, ८ र सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम ठेक्का तोडी अन्य कारवाहीका प्रक्रिया अघि बढाइने छ’-सूचनामा उल्लेख छ ।

सडक डिभिजन कार्यालय र निर्माण व्यवसायीबीच विभिन्न सडक निर्माण तथा मर्मत कार्यका लागि विभिन्न आवमा सम्झौता भई तोकिएको समयमा कार्य सम्पन्न गर्न मौखिक, लिखित पत्र मार्फत पटक–पटक जानकारी गराउँदा पनि हालसम्म कार्य सम्पन्न हुन नसकेको तथा सार्वजनिक खरिद नियमावली २०६४ को नबौँ संसोधन बमोजिम म्याद थपको लागि आवश्यक कागजात सहितको निवेदन पेश नगरेपछि ठेक्का तोड्न लागिएको जनाइएको छ ।

यसरी समयमा निर्माण सम्पन्न नगर्ने ५६ निर्माण कम्पनीमा पर्सा जिल्लाका सबैभन्दा बढी २१ वटा, मकवानपुर जिल्लाका १८ वटा, बारा जिल्लाका १३ वटा, रौतहट जिल्लाका २ वटा तथा काठमाडौँ र चितवन जिल्लाका १-१ वटा रहेका छन् ।



Advertisement

Advertisement

Advertisement