चैत २१ सम्म अत्यावश्यकबाहेकका सहकारीका अरु गतिविधि बन्द गर्ने सहकारी महासंघको निर्णय

Advertisement

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले कोरोना भाइरस (कोभिड १९) संक्रमणलाई रोक्न आउँदो चैत २१ गतेसम्म अत्यावश्यकबाहेकका अन्य सबै सेवाहरु बन्द गर्ने सरकारको निर्णयअनुसार देशभरका सबै सहकारी संघसंस्था बन्द राख्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको महामारीबाट विश्व नै सर्वाधिक कठिन मोडमा गुज्रिरहेको सन्दर्भमा आमनागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिने सरकारको निर्णयको पालना गर्दै सहकारी संघसंस्थाहरु बन्द राख्ने निर्णय गरेको हो ।

सदस्यहरूकै व्यवस्थापनबाट सञ्चालित सहकारी संघसंस्थाहरू समुदायप्रति समेत जिम्मेवार भई सञ्चालन हुनुपर्ने हुँदा जनचेतना अभिवृद्धिका साथै यस विषम परिस्थितिमा सदस्यहरूलाई अत्यावश्यक सेवा प्रवाह गर्न समेत तत्पर रहनुपर्छ भन्दै महासंघले कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर राख्दै सदस्य तथा कर्मचारीहरूमा संक्रमण नहुने उपायहरू अवलम्वन गर्न, यससम्वन्धी जनचेतना अभिवृद्धिका साथै मास्क तथा सेनिटाइजर लगायतका सरसफाईका वस्तुहरूको प्रयोग गर्न गराउन सहकारी संघसंस्थाहरूलाई आग्रह गरेको छ ।

यस कठिन परिस्थितिमा स्वास्थ्य सहकारी संस्थाहरूलाई नियमित स्वास्थ्य सेवा प्रवाह गर्न, उपभोक्ता सहकारीहरूलाई अत्यावश्यक वस्तुको आपूर्ति गर्न र वित्तीय सेवा प्रवाह गर्र्ने संघसंस्थालाई आंशिक समयमात्र कार्यालय खोलि तरलता समेतको व्यवस्थापन हुने गरी सदस्यहरूको आवश्यकतााको आधारमा वित्तीय सेवा प्रवाह गर्न आग्रह गरेको छ ।

साथै, महासंघले कोरोनाबाट विश्व नै आक्रान्त भएको यस अत्यन्त कठिन परिस्थितिमा समुदायको प्रत्यक्ष संलग्नता रहेको सहकारी क्षेत्रको विशेष भूमिका रहनुपर्ने भन्दै अत्यावश्यक सेवाबाहेकका अन्य सेवा वन्द गरी भीडभाड नगर्न, कालोवजारीलाई रोक्न, सबैलाई संयमित रहन आ—आफ्नोे तर्फबाट सक्रिय भूमिका निर्वाह गर्न समेत सम्पूर्ण सहकारी संघसंस्थाहरूलाई अपिल गरेको छ ।

Advertisement

Advertisement

Advertisement