नेको इन्स्योरेन्सको लाभांश घट्यो, अब कति ?

,   ९ चैत्र २०७६, आईतवार, ०१:२९ pm   
neco_insurance

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले परिवर्तित लाभांश प्रस्ताव गरेको छ । यस अघि ८.४२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको कम्पनीले त्यसलाई घाटाएर ८.१६ प्रतिशत दिने निर्णय गरेको हो ।

नेको सञ्चालक समितिले प्रस्ताव गरेर बीमा समितिमा पठाएको लाभांशमा समितिले कैँची लगाईदिएको थियो । कम्पनीले २०७७ बैशाख १ गते नयाँ वर्षका दिन साधारण सभाको मिति तोकेको छ । साधारण सभा प्रयोजनका लागि चैत २४ गतेदेखि बुक क्लोज गर्ने निर्णय पनि सञ्चालक समितिले गरेको छ ।

नेकोले आयकरसहित १० करोड ७४ लाख ७४ हजार ७ सय रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।
कम्पनीको हाल एक अर्ब ३१ करोड ७४ लाख रुपैँया चुक्ता पुँजी रहेको छ ।

aecc