महालक्ष्मी लाईफले १७ जना प्रशिक्षार्थीलाई दियो तालिम

Advertisement

काठमाडौँ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले प्रधान कार्यालय, उपत्यका भित्रका शाखाहरु तथा विभिन्न क्षेत्रीय कार्यालयको लागि लिएको व्यवस्थापन प्रशिक्षार्थीहरुको चार दिने तालिम सम्पन्न गरेको छ ।

चैत्र ४ गते मंगलबारबाट संचालित उक्त तालिम शुक्रबार सम्पन्न भएको हो । प्रधान कार्यालय काठमाडौँको तालिम हलमा संचालित तालिममा देशै भरिबाट १७ जना प्रशिक्षार्थीहरु सहभागि भएका थिए।

जीवन बीमाको आधारभूत विषयहरु लगायत एजेन्सी, मार्केटिङ, अण्डरराईटिङ, प्रोडक्ट र मानव संसाधन विषयमा तालिम प्रदान गरिएको थियो ।

प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई, नायव प्रमुख कार्यकारी अधिकृतद्वय कमल पन्थी र रामेश्वर श्रेष्ठ, नायव महाप्रबन्धकद्वय सपना देवकोटा खरेल र प्रशान्तराज धमला, एजेन्सी विभाग प्रमुख सिताराम धिमाल र अण्डरराईटिङ विभाग प्रमुख प्रभाकर न्यौपनेले तालिम प्रदान गरेका थिए ।

Advertisement

Advertisement

Advertisement