बाहुबली सिमेण्टले वितरण गर्यो स्यानीटाइजर र मास्क

Advertisement

काठमाडौँ । सिमेण्ट उत्पादक बालाजी सिमेण्ट इण्डष्ट्रिज प्रालिले कोरोना भाइरसको संक्रमणबाट बचाउन स्यानिटाइजर र मास्क बितरण गर्ने अभियान अघि बढाएको छ । एभरेस्ट प्यारेन्टरल्स् प्रालिको सहकार्यमा उक्त अभियान अघि बढाएको कम्पनीले जनाएको छ ।

कम्पनीले पनि कोरोना भाइरस फैलिन नदिन आमनागरिकहरुलाई हात धुन स्यानीटाइजर र नाकमुख ढाक्न मास्क वितरण गर्ने कार्य अघि बढाएको हो । उक्त वितरण कार्य काठमाडौं उपत्यकाभित्रका धेरै भिडभाड हुने विभिन्न स्थानहरुमा गरिएका छन् ।

देशको एक उद्योग भएको नाताले यो हाम्रो सामाजिक दायित्व पनि हो, देशलाई परेको बेलामा साथ दिन हामी कहिल्यै पछि पर्ने छैनौँ– बालाजी सिमेण्ट इण्डष्ट्रिज प्रालिका प्रवन्ध निर्देशक गौरव गाडियाले भने ।

कम्पनीको कारखाना चन्द्रौटा, कपिलवस्तुमा रहेको छ । कारखानाले प्रत्येक दिन २००० टन सम्म सिमेण्ट उत्पादन गर्ने क्षमता राख्दछ । बालाजी सिमेण्टको उत्पादन बाहुबली सिमेण्ट ओपिसि, पिपिसि र पिएससि गरी ३ विविधतामा पाइन्छ, जसको माग उपभोक्ताहरु माझ अधिक रहँदै आएको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement