अब मोबाइलबाटै दैनिक एक लाख र महिनामा १० लाखको कारोबार सुबिधा

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल बैकिङको कारोबारमा सिमामा व्यापक वृद्धि गरिदिएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कामु कार्यकारी निर्देशक शुभाषचन्द्र घिमिरेले आइतबार सर्कुलर जारी गर्दै मोबाइल बैंकिङको कारोरबा सिमा वृद्धि गरिदिएका हन् । नगद कारोबारमा कोरोना संक्रमणको जोखिम देखिएपछि राष्ट्र बैंकले डिजिटल कारोबारमा जोड दिँदै मोबाइल बैंकिङको सिमा वृद्धि गरेको हो ।

अब मोबाइल बैंकिङ(क्युआर कोड)मा दैनिक एक लाख र मासिक १० लाखसम्म कारोबार गर्न पाइन्छ । मोबाइल बैंकिङ(क्युआर कोड)मा यस अघि प्रतिदिन ५० हजार र महिनामा २ लाख रुपैयाँको मात्रै कारोबार गर्न पाइन्थ्यो ।

अब वालेटबाट अन्य बैंक खातामा पनि प्रति कारोबार २५ हजार रुपैयाँ पुगेको छ भने प्रतिदिन एक लाख र मासिक ५ लाख रुपैयाँसम्म कारोबार गर्न पाइन्छ । यस अघि प्रति दिन २५ हजार र मासिक ५० रुपैयाँ रुपैयाँसम्म मात्रै कारोबार गर्न पाइन्थ्यो ।

अब एक वालेटबाट अर्काे वालेटमा प्रति कारोबार २५ हजार, प्रतिदिन एक लाख र मासिक ५ लाख रुपैयाँसम्म कारोबार गर्न पाइन्छ । यस अघि दैनिक २५ हजार र मासिक ५० हजार रुपैयाँसम्म मात्रै कारोबार गर्न पाउने सुबिधा थियो ।

यद्यपी वालेटमा प्रति दिन २५ हजार रुपैयाँ भन्दा बढी रकम ओभरनाइट राख्न पाइने छैन् । त्यस्तै वालेटबाट वालेट वाहकको बैंक खातामा पैसा पठाउँन भने कुनै सिमा तोकिने छैन् ।

Advertisement

Advertisement

Advertisement