कोरोना देखाउँदै उद्योग प्रतिष्ठानबाट श्रमिकहरु कटौती तथा निष्काल्न बन्द गरियोसः जेटीयूसीसी

Advertisement

काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)ले कोरोना भाइरस (कोभिड १९)को कारण देखाउँदै केही उद्योग प्रतिष्ठानहरुमा श्रमिकहरु कटौती तथा निष्काशन गर्न थालिएकोप्रति विरोध जनाएको छ ।

महामारीको गलत फाइदा उठाउँदै चिया बगान, उद्योग प्रतिष्ठान, होटल र रेष्टुराँमा श्रमिकहरु कटौती तथा निष्काशन गर्न थालिएको भन्दै जेटीयूसीसीले यसको भत्र्सना गरेको छ । उसले श्रमिकहरुको रोजगारी अन्त्य नहुने कुराको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण पनि गराएको छ ।

श्रमिकलाई सुरक्षितरुमपा काममा लगाउन सरकार र रोजगारदातासँग आग्रह गर्दै जेटीयूसीसीले आफ्ना कर्मचारीलाई बिदा दिनुपर्ने अवस्था आएमा ट्रेड युनियनहरुसँग छलफल गरी उचित व्यवस्थापनका लागि पहल गर्न पनि आग्रह गरेको छ ।

Advertisement

Advertisement

Advertisement