नेपाल भित्रियो कोरोना, फ्रान्सबाट फर्किएकी युवती संक्रमित भएको पुष्टि

,   १० चैत्र २०७६, सोमबार, १२:४९ pm   
bhanubhakta_corona

काठमाडौं । नेपाल सरकारको अथक प्रयासका वावजुद अन्ततः कोरानो भाइरस नेपाल भित्रिएको छ ।

फ्रान्सबाट नेपाल आएकी १९ वर्षिय युवतिमा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य मन्त्री भानुभक्त ढकालले पुष्टि गरेका हुन् । उनले मन्त्रालयमा बिशेष पत्रकार सम्मेलन गर्दै कोरानो भाइरसको संक्रमित फेला परेको जानकारी दिएका हुन् ।

ति युवति चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाली आएकी थिइन् । उनीसँगै नेपाल आएका अन्य सबैलाई खोजेर परिक्षण गरिने पनि मन्त्री ढकालले बताए । संक्रमित युवतिको हाल सरुवा रोग केन्द्र टेकुमा उपचार भैरहेको छ भने उनसँग भेटघाट गरेका सबैलाई क्वारेन्टाइनमा राखिएको बताएका छन् ।

aecc