५० करोडको कोरोना कोष, प्रधानमन्त्रीसहित मन्त्रीले दिए एक महिनाको तलब

,   १० चैत्र २०७६, सोमबार, ०१:२७ pm   

काठमाडौं । सरकारले कोरोना विरुद्ध लड्न ५० करोड रुपैयाँको कोष खडा गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले ५० करोड रुपैयाँको कोष खडा गरेको उप प्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले बताए ।

कोषमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदका सबै सदस्यहरुले एक महिनाको तलब दिने घोषणा पनि गरेका छन् । कोषमा सहयोग रकम उपलब्ध गराउन सरकारले आव्हान पनि गरेको छ ।

aecc