कोरोनासँग लड्न कृषि विकास बैंकले दियो एक करोड २५ लाख

Advertisement

काठमाडौं । कृषि विकास बैंकले कोरोना विरुद्ध लड्न सरकारले खडा गरेको कोषमा एक करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायले कोषमा एक करोड २५ लाख रुपैयाँ सहयोग गरेको बताए । उनले कोरोना विरुद्धको संघर्षमा सबै नागरिकले आ आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा समेत जोड दिए ।

नेपालमा कोरोनाको संक्रमण देखिएकाले अब हरेक नेपालीले होम क्वारेन्टाइनमा बसेर जोगिने तर्फ लाग्नुपर्ने धारणा पनि राखे ।

Advertisement

Advertisement

Advertisement