कोरोना कोषमा रामकुमारी झाक्रीले एक महिनाको तलब दिने

Advertisement

काठमाडौं । सरकारले खडा गरेको कोरोना कोषमा युवा नेतृ तथा नेकपा सांसद रामकुमारी झाक्रीले एक महिनाको तलब दिने घोषणा गरेकी छिन् । उनले कोरोना विरुद्धको संघर्षमा सरकारले चालेका कदमलाई धन्यवाद दिँदै एक महिनाको तलब दिने घोषणा गरेकी हुन् ।

सरकराले आइतबार मात्रै ५० करोड रुपैयाँको कोरोना कोष स्थापना गर्ने घोषणा गरेको थियो । कोषमा प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले एक महिनाको तलब दिने घोषणा गरेका थिए ।

झाक्रीले सरकारको यो कदमको स्वागत गर्दै फेसबुक मार्फत एक महिनाको तलब आफुले पनि योगदान गर्ने घोषणा गरेकी हुन् ।

Advertisement

Advertisement

Advertisement