ग्लोबल आइएमई बैंकले कोरोना विरुद्ध लड्न १ करोड १५ लाख योगदान गर्ने

Advertisement

काठमाडौँ । ग्लोबल आइएमई बैंकले कोरोना भाईरस (कोभिड –१९) विरुद्ध लड्न नेपाल सरकारले मिति २०७६ चैत्र ९ गते घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा रु. १ करोड रुपैयाँ योगदान गर्ने निर्णय गरेको छ ।

साथै सोही प्रयोजनार्थ बैंकलेस्थापित ‘कान्तिपुर कोभिड–१९ रोकथाम’ कोष मार्फत रु १५ लाख आर्थिक सहयोग समेत उपलब्ध गराउने निर्णय गरेकोे छ ।

कोभिड-१९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली पनि उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएकोे छ ।

बैंकले स्थापनाकाल देखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ । आगामी दिनहरुमा समेत यस्तो सहयोगलाई निरन्तरता दिँदै जान बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement