कोरोना कोषमा बीमा समितिले दियो दुई करोड

Advertisement

काठमाडौं । बीमा समितिले कोरोना रोकथामका लागि सरकारले बनाएको कोषमा २ करोड रुपैयाँ दिने घोषणा गरेको छ । बीमा समिति सञ्चालक समितिको सोमबार बसेको बैठकले कोरोना कोषमा २ करोड रुपैयाँ दिने निर्णय गरेको समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले कर्पाेरेट नेपाललाई बताए ।

‘कोरोना विरुद्धको संघर्ष हामी सबैको साझा हो, सरकारले बनाएको कोषमा २ करोड रुपैयाँ दिने निर्णय गरेका छौं’, अध्यक्ष चापागाईँले भने । सरकारले आइतबार मात्रै ५० करोड रुपैयाँको कोरोना कोष बनाएको थियो । कोषमा प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले एक महिनाको तलब दिने घोषणा गरिसकेका छन् ।

Advertisement

Advertisement

Advertisement