सांसद यज्ञराज सुनुवार र रंगमति शाहीद्धारा एक एक महिनाको तलब दिने घोषणा

Advertisement

काठमाडौं । कोरोना भाइरसको रोकथामका लागि नेकपा केन्द्रिय सदस्य तथा सांसद यज्ञराज सुनुवार र काँग्रेस सांसद रंगमति शाहीले एक एक महिनाको तलब दिने घोषणा गरेका छन् ।

दुबै सांसदहरुले समाजिक सञ्जाल फेसबुकबाट एक एक महिनाको तलब दिने घोषणा गरेका हुन् । ओखलढुंगाबाट प्रत्यक्ष निर्वाचित नेकपा सांसद सुनुवार र हुम्लाबाट काँग्रेसका तर्फबाट समानुपातिक सांसद रहेकी शाही संसदको विकास तथा प्रविधि समितिमा छन् ।

Advertisement

Advertisement

Advertisement