माछापुच्छ्रे बैंकको सीईओमा सन्तोष कोइराला नियुक्त, बैशाख १ देखि कार्यभार सम्हाल्ने

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंकको सिइओमा सन्तोष कोइराला नियुक्त भएका छन् । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले कोइरालालाई सिइओ बनाउने निर्णय गरेको हो ।

'आज बसेको सञ्चालक समितिको बैठकले मलाई प्रमुख कार्यकारी अधिकृत बनाउने निर्णय गरेको छ, बैशाख १ गतेबाट सिइओको जिम्मेवारी सम्हाल्छु', नव नियुक्त सिइओ कोइरालाले कर्पाेरेट नेपालसँग भने ।

आगामी चार वर्षका लागि सिइओ नियुक्त भएका कोइरालाले बैशाख १ गतेदेखि कार्यभार सम्हाल्नेछन् । उनी हालसम्म बैंकको कामु सिइओको जिम्मेवारीमा थिए ।

बैंक सञ्चालक समितिले फागुन २८ गते तत्कालिन सिइओ सुमन शर्मालाई पत्र थमाउँदै चैत १ गतेबाट कार्यकाल सकिने जानकारी दिएको थियो । फागुन २८ गतेदेखि नै कोइरालाले कामु सिइओको जिम्मेवारी पाएका थिए ।

कोइराला विगत १७ वर्षदेखि बैंकिङ क्षेत्रमा छन् । बैंक अफ काठमाण्डूबाट करिअर थालेका कोइरालाले त्यहाँ ४ वर्ष काम गरे । त्यसपछि सानिमा बैंकमा ९ वर्ष काम गरेका उनले त्रिभुवन विश्व विद्यालयबाट एमबीएसम्म्को अध्ययन गरेका छन् ।

Advertisement

Advertisement

Advertisement