निर्माण व्यवसाय विकास परिषद्ले कोरोना रोकथाम र उपचारका लागि एक करोड दिने

Advertisement

काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को रोकथाम र उपचारका लागि निर्माण व्यवसाय विकास परिषद्ले रु एक करोड दिने निर्णय गरेको छ । परिषदमा अध्यक्ष भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङसहित हुन् ।

सरकारले स्थापना गरेको कोभिड-१९ सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा सो रकम जम्मा गरिने परिषद्ले जनाएको छ । परिषद्को गत बुधबार बसेको बैठकको निर्णयानुसार सो रकम जम्मा गरिएको सदस्य सचिव सहसचिव गोपालप्रसाद सिग्देलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

परिषद्मा पूर्वाधार निर्माणसम्बन्धी मन्त्रालय तथा निकायका प्रतिनिधि, नेपाल निर्माण व्यवसायी महासङघको प्रतिनिधि रहेका छन् ।

Advertisement

Advertisement

Advertisement