कोरोनाविरुद्धको लडाईंमा नेपाल एक्लो छैन, हामी छौं साथमाः चीन

Advertisement

काठमाडौं । नेपालको छिमेकी मित्रराष्ट्र चीनले कोरोना भाइरस (कोभिड १९) विरुद्धको लडाइँमा नेपाल एक्लो नभएको बताएको छ । संक्रमणविरुद्ध लड्नका लागि चीनले तत्काल चिकित्सा सामाग्री पठाउन लागेको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बताएकी छन् । मंगलबार बेलुका एक ट्विट गर्दै उनले नेपालमा कोरोना भाइरसको संक्रमण नफैलिनका लागि आफुहरूले प्रार्थना गर्दै चिकित्सा सामग्री पठाउने व्यवस्था मिलाउन लागेको बताएकी हुन् ।नेपाललाई संक्रमणमुक्त राख्न सक्दो समन्वय गरिरहेको जनाउँदै राजदूत यान्छीले केही चिकित्सा सामग्री पठाउन आवश्यक व्यवस्था मिलाइरहेको समेत जनाएकी छन्।

Advertisement

Advertisement

Advertisement