धितोपत्र बोर्डले कोरोना बिरुद्ध लड्न सरकारले स्थापना गरेको कोषमा ५० लाख योगदान गर्ने

Advertisement

काठमाडौँ । कोरोना बिरुद्ध लड्न सरकारले स्थापना गरेको कोषमा नेपाल धितोपत्र बोर्डले ५० लाख योगदान गर्ने भएको छ ।

धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले सञ्चालक समितिको बैठकबाट पछि निर्णय गर्ने गरी ५० लाख योगदान गर्ने बताए । अध्यक्ष ढुंगानाले कोरोना विरुद्ध जुध्न सरकारले सुरु गरेको कोषमा सहयोग गर्न नेप्से, सिडिएस, ब्रोकर, मर्चेन्ट बैंकर, लगानीकर्ता लगायत सबैलाई अनुरोध पनि गरेको छ ।

'विश्वव्यापी महामारी विरुद्ध लड्न सरकारले कोष खडा गरेको छ, बोर्डले आफ्नो तर्फबाट ५० लाख रुपैयाँ योगदान गर्ने निर्णय गरेको छ, अब बजार सहभागी सबै संघ संस्थालाई पनि योगदान गर्न अनुरोध गरेका छौं ।' अध्यक्ष ढुंगानाले कर्पाेरेट नेपालसँग भने ।

उक्त कोषमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरु, बैंक, वित्तीय संस्था, उद्योगी व्यापारी र सर्वसाधारणले योगदान गर्ने क्रम जारी रहेको छ ।

कोरोना उपचार कोषमा रकम जम्मा गर्न सरकारको अनुरोध
सरकारले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम जम्मा गर्न अनुरोध गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव राजेन्द्रकुमार पौडेलले सोमबार सूचना जारी गर्दै विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन तथा सोको रोकथाम एव नियन्त्रणका लागि इच्छुक व्यक्ति तथा सङ्घसंस्थालाई राष्ट्रिय वाणिज्य बैंकमा खोलिएको खातामा रकम जम्मा गर्न अनुरोध गरेका हुन् ।

सरकारले सिंहदरबारमा खोलेको खाता नम्बर १९६०००००११०१ रहेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सो कोष खडा गर्ने निर्णय गरेको हो । सो कोषमा मन्त्रीहरुले एक महिनाको तलब बराबरको रकम राख्ने निर्णय भइसकेको छ ।

Advertisement

Advertisement

Advertisement