'लकडाउन'मा घरै बसेर बीमा गर्ने तरिका ल्यायो महालक्ष्मी लाइफले

Advertisement

काठमाडौं । लकडाउनमा घरमै बसेर बीमा गर्न सकिने तरिका महालक्ष्मी लाइफ इन्स्योरेन्सले निकालेको छ । घरमै बसेर विद्युतीय माध्यमबाट बीमा गर्न सकिने जनाउँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशकुमार भट्टराई त्यसका लागि केही सम्पर्क अधिकृतहरु तोकिएको जानकारी दिए ।

कोरोना भाइरस (कोभिड १९) संक्रमण बढ्ने त्रास बढेपछि सरकारले अत्यावश्यक सेवाहरु सञ्चालन हुने गरी सर्वसाधारण मानिसलाई घरमै बस्न, बाहिर हिँडडुल गर्न रोक लगाइएको छ । सोही क्रममा महालक्ष्मी लाइफका सबै कार्यालयहरु यतिबेला बन्द रहेका छन् ।

Advertisement

Advertisement

Advertisement