चितवनको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका युवकको मृत्यु

Advertisement

भरतपुर । चितवनस्थित कोरोना विषेश अस्पतालमा उपचार गराई रहेका एक युवकको मंगलबार बिहान मृत्यु भएको छ । उच्च ज्वरो र रुघाखोकीले ग्रसित ती युवक केही दिनअघि अस्पतालमा उपचार गर्न आएका थिए ।

मृतक युवकको स्वास्थ्य परीक्षणको रिपोर्ट काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट आउन बाँकी रहेकाले उनको मृत्यु कोरोनाबाट भएको हो वा अन्य कारणले हो ? खुल्न सकेको छैन् । अस्पतालले युवकको मृत्युको कारण काठमाडौंबाट रिपोर्ट आएपछि मात्रै खुल्ने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement