कोरोना कोषलाई राष्ट्रिय बाणिज्य बैंकले एक करोड ५० लाख दिने

Advertisement

काठमाडौं । सरकारले खडा गरेको कोरोना कोषमा राष्ट्रिय बाणिज्य बैंकले एक करोड ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले कोरोना कोषमा डेढ करोड रुपैयाँ दिने निर्णय गरेको बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले कर्पाेरेट नेपाललाई जानकारी दिए ।

‘सोमबारको सञ्चालक समितिले कोरोना कोषमा एक करोड ५० लाख रुपैयाँ दिने निर्णय गरको हो’, सिइओ श्रेष्ठले भने । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व(सिएसआर)को रकम कोरोना कोषका लागि उपलब्ध गराएको हो ।

सरकारले राष्ट्रिय बाणिज्य बैंकको सिंहदरबार परिसरमा रहेको शाखामा १९६०००००११०१ नम्बरको खाता खोलेको छ । सोही खातामा सहयोग रकम उपलब्ध गराउन सरकारले आव्हान गरेको छ ।

Advertisement

Advertisement

Advertisement