'लकडाउन'मा घर बसेका ग्राहकहरुलाई डिसहोमले उपलब्ध गरायो थप रमाइला च्यानलहरु

Advertisement

काठमाडौं । डिशहोम नेटवर्कले कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि मुलुक सेमिलकडाउन गरी सरकारले सबैलाई घरमै बस्न आग्रह गरेको समयलाई मध्यनगर गर्दै थप केही रमाइला र मनोरञ्जनात्मक च्यानलहरु उपलब्ध गराएको छ ।

डिशहोमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्नौ सबै प्याकेजमा झण्डै एक दर्जन च्यानलहरु लकडाउनका क्रममा घरमै बसेका आफ्ना उपभोक्ताका लागि उपलब्ध गराएको हो । प्लस प्याकेजअन्तर्गत प्लस मुभी एचडी र एसडी, रमाइलो टिभी, एचडी र एसडी, एक्शन स्पोटर्स एचडी र एसडी, गुञ्जन एचडी र एसडी, सिने हिट्स एचडी र एसडी, ९एक्सएम एचडी, डी मुभी, के वल्ड, जुनियर टिभी, रिदम टिभी, भोजपुरी टिभी छन् ।

त्यस्तै, बेसिक प्याकेजमा लोकप्रिय च्यानलहरु सरोकार टिभी, सीएनएन, बीबीसी वल्ड न्यूज, अलजजिरा, आजतक, एबीपी टिभी, जी न्यूज, इण्डिया टूडे, टाइम्स नाउ, न्यूज१८, इण्डिया टिभी यसअघि नै उपलब्ध गराइएको थियो ।

Advertisement

Advertisement

Advertisement