अब धरान, पोखरा र नेपालगञ्जमै कोरोना भाइरस परिक्षण गरिने

Advertisement

काठमाडौं । सरकारले धरान, पोखरा र नेपालगञ्जमा कोरोना भाइरस संक्रमणको परिक्षणको व्यवस्था गर्ने भएको छ ।  हालसम्म शुक्रराज सरुवा रोग केन्द्र टेकुमा मात्रै कोरोना भाइरस संक्रमणको प्राबिधिक परिक्षण हुँदै आएको छ ।

मंगलबार बसेको उच्चस्तरिय समन्वय समितिको बैठकले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र भेरी अञ्चल अस्पताल नेपालगञ्जमा कोरोना भाइरसको संक्रमण परिक्षण गर्ने निर्णय गरेको हो ।

परिक्षण प्रयोगशाला निर्माणका लागि आवश्यक उपकरणहरुको व्यवस्था स्वास्थ्य मन्त्रालयले गर्नेछ । ति ठाउँमा प्रयोगशाला निर्माण नहुँदासम्म पर्यटन मन्त्रालयले हवाई जहाजबाट स्वाब काठमाडौं ल्याउन सघाउने निर्णय पनि भएको छ ।

Advertisement

Advertisement

Advertisement