‘लकडाउन’मा देशका विभिन्न स्थानको २० तस्वीर हेर्नुहोस् (फोटो फिचर)

Advertisement

काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को रोकथामका लागि नेपाल सरकारले जारी गरेको आदेश पालना नगर्ने ६८ जनालाई विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्झाइबुझाइ गर्दासमेत अटेर गरेपछि उनीहरुलाई मुलुकका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार कैलालीबाट ३१, कपिलवस्तुबाट १४, रुपन्देहीबाट सात, झापाबाट चार, सुनसरीबाट चार, पर्साबाट तीन, सिरहाबाट दुई, कञ्चनपुर दुई र धनुषाबाट एक गरी ६८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आदेश विपरीत सञ्चालन गरेका एक हजार ५७१ सवारीसाधनलाई समेत विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले कोरोना सङ्क्रमणको सम्भावित जोखिमबारे सम्झाइबुझाइ गर्नुका साथै आवश्यक सोधपुछ तथा अनुसन्धान गरिरहेको छ ।

समग्रमा लकडाउनको पहिलो दिन देशैभर सुनसान रह्यो, हेरौँ विभिन्न स्थानका २० तस्वीर:

[caption id="attachment_172301" align="alignnone" width="1800"] कोरोना भाइरसको सङक्रमणबाट हुन सक्ने जोखिम नियन्त्रण गर्न सरकारले मङगलबारदेखि लगाएको लकडाउनले झापाको दमक चौकको दृश्य । तस्वीर: यज्ञराज आङ्गदेम्बे/रासस[/caption]

[caption id="attachment_172300" align="alignnone" width="2560"] विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोविड–१९) भाइरसको संक्रमणका कारण नेपाल सरकारले मंगलबारबाट गरिएको लकडाउनका कारण सुनसान न्यूरोड सडक । तस्वीर रासस ।[/caption]

[caption id="attachment_172299" align="alignnone" width="1800"] सरकारले कोभिड–१९ को सङक्रमण रोकथामका लागि लकडाउन गरेपछि सुनसान काठमाडौँ र भक्तपुरको जोडने जडिबुटी चोक । तस्वीर: रोशन सापकोटा/रासस[/caption]

[caption id="attachment_172298" align="alignnone" width="1800"] सरकारले कोभिड–१९ को सङक्रमण रोकथामका लागि लकडाउन गरेपछि सुनसान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल । तस्वीर: रोशन सापकोटा/रासस[/caption]

[caption id="attachment_172296" align="alignnone" width="2560"] विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोविड–१९) भाइरसको संक्रमणका कारण नेपाल सरकारले मंगलबारबाट गरिएको लकडाउन पछि पृथ्वी राजमार्गको सुनसान मलेखु वजार क्षेत्र । तस्वीर: प्रदीपराज वन्त/रासस[/caption]

[caption id="attachment_172297" align="alignnone" width="1800"] कोरोना भाइरसको सङक्रमणबाट जोगिनका लागि सरकारले एक हप्तासम्मका लागि गरेको लकडाउनका कारण मङगलबार सुनसान देखिएको पर्यटकीय नगरी पोखराको लेकसाइड । तस्वीर: राधिका कंडेल/ रासस[/caption]

[caption id="attachment_172295" align="alignnone" width="2560"] विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण न्यूनीकरण गर्न सरकारले मङगलबारदेखि गरेको …लक डाउन’ पछि पृथ्वी राजमार्गको गजुरी बजारको सुनसान दृश्य । तस्वीर: प्रदीपराज वन्त/रासस[/caption]

[caption id="attachment_172294" align="alignnone" width="2560"] विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण न्यूनीकरण गर्न सरकारले मङगलबारदेखि गरेको …लक डाउन’ का कारण सुुनसान पृथ्वी राजमार्ग, मनकामना केवलकार स्टेशन वजार क्षेत्र । तस्वीर: प्रदीपराज वन्त/रासस ।[/caption]

[caption id="attachment_172293" align="alignnone" width="2560"] वश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण सरकारले मङगलबारदेखि गरेको …लक डाउन’ का कारण सुुनसान पृथ्वी राजमार्ग स्थित मुुग्लीन वजार क्षेत्र । तस्वीर ः प्रदीपराज वन्त, रासस । तस्वीर: प्रदीपराज वन्त/रासस[/caption]

[caption id="attachment_172292" align="alignnone" width="1800"] कोरोना भाइरसको जोखिमवाट वच्न सरकारले मङगलबारदेखि गरेको लक डाउनमा कैलालीको सुखडमा चलाइएका सवारी साधनलाई नियन्त्रणमा लिँदै प्रहरी ।[/caption]

[caption id="attachment_172291" align="alignnone" width="1800"] कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमबाट बच्न सरकारले देशैभरी लकडाउन गरेपछि मङगलबार सुनसान बनेको अरनिको राजमार्गस्थित बनेपा चारदोबाटो चोक । तस्वीर: पेमा लामा/रासस[/caption]

[caption id="attachment_172289" align="alignnone" width="1800"] सरकारले लकडाउन गरेसँगै चरिकोट बजार सुनसान बनेको छ । अतिआवश्यक सवारी बाहेक सामान्य हिडडुल गर्नसमेत प्रशासनले रोक लगाएको छ । तस्वीर: प्रभु जिरेल/रासस[/caption]

[caption id="attachment_172286" align="alignnone" width="1800"] कोरोना रोकथाम, पूर्वतयारीका लागि …लक डाउन’ कार्यान्वयन गर्न नेपाली सेना परिचालन गरेपछि सुनसान राजविराज । तस्विर: नानीमैया कटवाल/ रासस[/caption]

[caption id="attachment_172285" align="alignnone" width="1800"] सरकारले घोषणाा गरेको लकडाउन अनुसार सीमावर्ती शहर भैरहवा सुनसान छ । बिहानैदेखि भिडभाड हुने यहाँको मुख्य बजारहरु बैंकरोड, नारयणस्थान, हाटबजार, देवकोटाचोक, मिलनचोक, गल्लामन्डि, एअरपोर्ट क्षेत्र पुरै सुनसान छ । यहाँका सडकमा कुनैपनि सवारिसाधन चलेका छैनन । नेपाल–भारत सीमा सुनौलिदेखि तीन किलोमिटर दूरिमा रहेको भैरहवामा लकडाउनलाई स्थानीयहरुले पूर्ण पालना गर्दै आ–आˆनो घरभित्र बसिरहेका छन । नोभल कोरोना भाइरसको सङक्रमण फैलिन नदिन सरकारले घोषणाा गरेको लकडाउन अनुसार यतिबेला भैरहवामा मान्छेहरु कहिकतैपनि देखिएका छैनन । तस्वीर : नरेश केसी/रासस[/caption]

[caption id="attachment_172284" align="alignnone" width="1800"] कारोना (कोभिड–१९) लाई मध्येनजर गर्दै सरकारले मङगलबारदेखि गरेको लकडाउनपछि सुनसान बनेको तुलसीपुर बजार । तस्वीर:दीपक बोहरा/रासस[/caption]

[caption id="attachment_172283" align="alignnone" width="1800"] मङगलबारबाट देशभर लकडाउन भएपछि हुम्लाको सदरमुकाम सिमकोट सुनसान बनेको छ । तस्वीर: दाने बोहरा/रासस[/caption]

[caption id="attachment_172282" align="alignnone" width="1800"] कोरोना भइरसको सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सरकारले ‘लक डाउन’ गरेपछि मङ्गलबार सुनसान देखिएको डोटीको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजार । तस्वीरः विमलबहादुर विष्ट/ रासस[/caption]

[caption id="attachment_172281" align="alignnone" width="1800"] सरकारले कोरोना भाइरस (कोभिड–१९) सङक्रमणको जोखिम बढेपछि एक साताका लागि …लकडाउन’ गरेपछि मङगलबार सप्तरी, राजविराजको मुख्य बजार पुरै बन्द देखिएको छ । सरकारले गरेको निर्णयबाट सप्तरीमा पनि प्रभाव परको छ भने बजार सुनसान देखिएको छ । तस्वीरः अरुणकुमार यादव/रासस[/caption]

[caption id="attachment_172280" align="alignnone" width="1800"] विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम कम गर्न सरकारले आह्वान गरेको लक डाउनको पहिलो दिनसधै भरिभराउ हुने जनकपुर स्थित जानकी मन्दिर सुनसान देखिएको अवस्था । तस्वीर: अजयकुमार साह/रासस[/caption]

[caption id="attachment_172279" align="alignnone" width="1800"] कोरोना भाइरसको सङक्रमण फैलन सक्ने सम्भावना बढेपछि अत्यावश्यकबाहेक घर बाहिर ननिस्कन सरकारको आदेशसँगै सुनसान देखिएको असन क्षेत्र । तस्वीरः अशोक घिमिरे/रासस[/caption]

Advertisement

Advertisement

Advertisement