अब मोबाइलमा दुई सय रुपैयाँ सापटी, रिचार्जमा शतप्रतिशत बोनस

Advertisement

काठमाडौं । अब मोबाइल सेवा प्रदायक कम्पनीहरुले दुई सय रुपैयाँसम्म सापटी दिने भएका छन् । नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले आफ्ना ग्राहकलाई दुई सय रुपैयाँसम्म सापटी दिने भएका हुन् । हालसम्म त्यस्तो सापटीको सिमा जम्मा २० रुपैयाँ मात्रै थियो ।

त्यस्तै, रिचार्ज गर्दा शतप्रतिशत बोनस समेत पाइने भएको छ । नेपाल दुर सञ्चार प्राधिकरणको मंगलबार बसेको सञ्चालक समिति बैठकले बुधबारबाट लागु हुने गरि नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमलाई रिचार्जमा शतप्रतिशत बोनस र २ सय रुपैयाँसम्म सापटी सेवा उपलब्ध गराउन निर्देशन दिएको हो ।

मंगलबार ह्वाट्सएप मार्फत प्राधिकरण सञ्चालक समितिको बैठक बसेको प्रवक्ता मिन प्रसाद अर्यालले जानकारी दिए । प्राधिकरणले आगामी एक महिनाका लागि लागु हुने गरि सापटी र बोनसको व्यवस्था कार्यान्वयन गर्न भनेको हो ।

Advertisement

Advertisement

Advertisement