आजबाट भारतमा २१ दिन पुरै लक डाउन

Advertisement

काठमाडौं । भारत पनि लक डाउनमा गएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी २१ दिनका लागि भारत लक डाउनमा गएको घोषणा गरेका हुन् । लक डाउन आजै राति १२ बजेबाट लागु हुनेछ । उनले २१ दिनको लक डाउन सफल नभएमा देश २१ वर्षपछि धकेलिने बताउँदै आम नागरिकलाई सहयोग गर्न अपिल पनि गरेका छन् ।

मोदीले भनेका छन-'म हात जोडेर प्रार्थना गर्छु की यो समय तपाई देशमा जहाँ हुनुहुन्छ त्यहिँ बसिदिनुस्, अहिलेको अवस्थालाई हेरेर देश २१ दिनसम्म लक डाउनमा रहन्छ । तिन हप्तासम्म लक रहन्छ लक डाउन ।'

उनले कोरोनाको संक्रमितको उपचार, स्वास्थ्य पूर्वाधारको निर्माणका लागि १५ हजार करोड रुपैयाँ बजेट व्यवस्थापन गरेको जानकारी पनि दिएका छन् ।
मोदीले एक ब्यानर सार्वजनिक गर्दै भनेका छन्ः-को(कोई) रो(रोड पर) ना(ना निकले) अर्थात कोहि सडकमा ननिस्कनु होस ।

Advertisement

Advertisement

Advertisement