प्रतिनिधिसभाको अर्को बैठक चैत २३ गते

Advertisement

काठमाडौँ । प्रतिनिधिसभाको अर्को बैठक यही चैत २३ गते दिउँसो १ बजेका लागि निर्धारण गरिएको छ ।

चैत १३ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक कोरोना भाइरसको सम्भावित सङ्क्रमणका कारण चैत २३ गतेका लागि निर्धारण गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

कोरोना भाइरसको सम्भावित सङ्क्रमणका कारण सरकारले देशभर अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवाको आवतजावतमा प्रतिबन्ध लगाएको छ ।

सोही कारण बैठक बस्न नसक्ने भएकाले सभामुखले अर्को बैठक चैत २३ गते बस्नेगरी निर्धारण गर्नुभएको सङ्घीय संसद्का कार्यवाहक महासचिव गोपालनाथ योगीद्वारा आज जारी सूचनामा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement