औषधि, मास्क, खाद्यन्नको आपूर्तिमा सहजता ल्याउन चेम्बरले बनायो समन्वय समिति

,   १२ चैत्र २०७६, बुधबार, ०३:४४ pm   
चेम्बर

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले औषधि, मास्क, खाद्यन्नको आपूर्तिमा सहजता ल्याउन भन्दै समन्वय समिति बनाएको छ ।

कोरोना भाइरस को प्रकोप नियन्त्रण गर्न हाल लकडाउन भएको परिस्थितिमा औषधी, मास्क, खाद्यन्नको आपूर्तिमा सहजता ल्याउन आवश्यक सहयोग तथा समन्वयको लागि समन्वय समिति गठन गरिएको चेम्बरले जनाएको छ । समितिमा दीपक मल्होत्रा, देवेन्द्रभक्त श्रेष्ठ, मृगेन्द्र मेहर श्रेष्ठ, कृष्णमान श्रेष्ठ, निरज राई र राजेन्द्र सिम्खडा रहेका छन् ।

aecc