लक डाउन लम्बिने संकेत, ओलीले भनेः अर्काे घोषणा नहुञ्जेल घरमै बस्नु होला

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले लक डाउन लम्बिने संकेत गरेका छन् । लक डाउनको दोश्रो दिन ट्वीट गर्दै ओलीले लक डाउन लम्बिने संकेत गरेका हुन् । ओलीले आफु घरमै बसेर सकार सञ्चालन गरिहेकाले नागरिकलाई पनि घरमै बस्न आग्रह गरेका छन् । उनले ट्वीटरमा आफ्नो फोटोसँगै लेखेका छन्ः म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु । तपाईहरु पनि घरमै बस्नु होला ।

ओलीले ट्वीटरमा अर्काे घोषण नहुञ्जेल घरमै बस्न आग्रह गर्दै लक डाउन लम्बिन सक्ने संकेत गरेका हुन् । सरकारले चैत ११ गतेदेखि एक हप्ताका लागि लक डाउन गरेको थियो । भारतले २१ दिनका लागि लक डाउन गरेपछि नेपालमा पनि लक डाउनको अवधि लम्बिन सक्ने आंकलन गरिँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement