भोलीबाट नेपाल टेलिकमले जति रिचार्ज गर्यो त्यति नै बोनस दिने

Advertisement

काठमाडौं । नेपाल टेलिकमले शतप्रतिशत बोनसको योजना कार्यान्वयनमा ल्याएको छ । मंगलबार नेपाल दुरसञ्चार प्राधिकरणले शतप्रतिशत बोनस उपलब्ध गराउन दिएको निर्देशन अनुसार टेलिकमले योजना अघि सारेको हो । अब टेलिकमको सिब्त्तममा जति रकमको रिचार्ज गर्यो त्यति नै रकम बोनस प्राप्त हुनेछ ।

टेलिकमले प्रेस विज्ञप्ति प्रकाशित गर्दै चैत १३ गतेबाटएक हप्ता लागु हुने गरि शतप्रतिशत बोनसको योजना ल्याएको हो । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीका अनुसार टेलिकमको प्रिपेड, पोष्टपेड तथा सिडिएमए नेटवर्कमा बोनस अफर लागु हुनेछ । यसरी प्राप्त गरिएको बोनसबाट नेपाल टेलिकमको नेटवर्क भित्र फोन गर्न, एसएमएस गर्न तथा इन्टरनेट चलाउन पाइन्छ ।

५० र १०० रुपैयाँ रिचार्जबाट प्राप्त भएको बोनस २ दिनभित्र खपत गरिसक्नुपर्नेछ भने २०० र ५०० रिचार्जबाट प्राप्त हुने बोनस रकम ४ दिनभित्र उपयोग गरिसक्नुपर्नेछ । एक हजार रुपैयाँ रिचार्ज गर्दा प्राप्त हुने बोनस भने ६ दिनभित्र प्रयोग गरिसक्नुपर्नेछ ।

विद्युतिय माध्यमबाट रिचार्ज गर्दा १० रुपैयाँदेखि ९९ रुपैयाँसम्म्को बोनस २ दिन र १०० देखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा पाइने बोनस ४ दिनभित्र प्रयोग गरिसक्नुपर्छ । ५ सयदेखि ९९९ रुपैयाँसम्मको रिचार्ज गर्दा पाइने बोनस ८ दिने भित्र सक्नुपर्नेछ । त्यस्तै, एक हजार रुपैयाँ भन्दा बढीको रिचार्ज गर्दा पाइने बोनस भने १० दिनभित्र उपयोग गरिसक्नुपर्नेछ ।

Advertisement

Advertisement

Advertisement