विदेशमा रहेका नेपालीको अवस्था के छ ? जानकारी लिंदैछ सरकारले

Advertisement

काठमाडौँ । नेपालका प्रमुख श्रम गन्तव्य मुलुकमा पनि कोभिड–१९ को सङ्क्रमण देखिएसँगै सरकारले त्यहाँ रहेका नेपाली कामदारको अवस्थाका बारेमा जानकारी लिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भिडियो कन्फ्रेन्समार्फत आज विभिन्न पाँच मुलुकका राजदूतसँग नेपाली कामदारको अवस्थाबारेमा जानकारी लिएका हुन् ।

उनीहरुले मलेसिया, इजरायल, जापान, दक्षिण कोरिया र दक्षिण अफ्रिकाका राजदूतसँग जानकारी लिएका थिए । सो क्रममा मन्त्रीद्वयले कुनै पनि नेपाली श्रमिक बेरोजगार भए उनीहरुको खाना, बस्न उचित प्रबन्ध मिलाउन निर्देशन दिनुभएको श्रम मन्त्रालयले जनाएको छ ।

सरकारले सोमबार पनि विभिन्न मुलुकमा रहेका नियोग प्रमुखसँग छलफल गरी त्यहाँ रहेका नेपालीको अवस्थाबारे जानकारी लिएको थियो ।

नेपालीको प्रमुख गन्तव्य मुलुक मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, दक्षिण कोरिया, ओमन र कुवेतलगायत मुलुकमा कोरोना भाइसरको सङ्क्रमण देखिइसकेको छ ।

Advertisement

Advertisement

Advertisement